काठमाडौं, ३० असोज (दैनिकी)
राजदूतावासले पटक-पटक सूचना, अनुरोध र अपीलहरु मार्फत जानकारी गराइएको जनाए पनि विगत एक वर्ष यता पक्राउ परी सेन्टर जेल अबुधावी लगायतका युएइमा रहेका अन्य जेलहरुमा सजाय भोग्ने नेपालीहरुको संख्या वढ्दो रुपमा रहेको दुखद यथार्थ पछिल्ला तथ्याङ्कहरुले देखाएका बताएको छ।
धेरैजसो परिस्थितिमा नेपालीहरु कानूनको अनभिज्ञताले गर्दा नै जेल जानुपरेको पनि राजदूतावासले जारी गरेको अपीलमा उल्लेख छ। एकपटक जेलमा परेपछि उक्त व्यक्तिको सामाजिक, नैतिक तथा मानसिक जीवनमा पर्नसक्ने प्रभावका वारेमा सवैलाई अवगत भएको तथा कानूनको अज्ञानता क्षम्य नहुने भन्दै सामान्य लापरवाहीका कारण पनि लामो समय जेल वस्नुपर्ने अवस्था आउन सक्ने बताएको छ।
No comments:
Post a Comment